हेटौंडाबाट खुकुरी सहित दुईजना पक्राउ

जनपत्र
१८ जेष्ठ २०७७, आईतवार ११:२३

हेटौंडा । कारमा लुकाइराखेको खुकुरी सहित हेटौंडाबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले कारमा लुकाई राखेको खुकुरीसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–१० का ३४ बर्षीय रोज थापा मगर र हेटौंडा–४ का ३६ बर्षीय सुमन लामा लोप्चन रहेका छन् । वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले बा १६ च ३७२९ नम्बरको कारमा लुकाई राखेको एक थान खुकुरीसहित उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।

उनीहरुबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*