हेटौंडा गोरक्षश्वरको क्वारेन्टीनमा भारतबाट फर्किएकालाई राख्न थालियो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० गोरक्षस्वरमा निर्माण गरिएको क्वारेन्टीनमा भारतबाट मकवानपुर फर्किएकाहरुलाई राख्न थालिएको छ । आज विहानैबाट भारतबाट फर्किएकाहरुलाई राख्न थालिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
उपमहानगरपालिकाले कोरानाको संका लागेकाहरुलाई राख्नका लागि गोरक्षस्वरमा क्वारेन्टीन निर्माण गरेको हो । आजबाट नै भारतबाट फर्किएका महिला तथा पुरुषलाई राख्न थालिएको मेयर महतले वताउनुभयो । यसको सवै व्यावस्थापन आफुहरुले गरिएको र अव भने उपमहानगरपालिका क्षेत्रकालाई मात्र राखिने उपमेयर मिना कुमारी लामाले वताउनुभयो ।
मकवानपुरका दशवटै स्थानीय तहमा क्वारेन्टीन निर्माण गरिएकाले अव हेटौंडाकालाई मात्र यस क्वारेन्टीनमा राखिने उहाँले वताउनुभयो । भारतबाट नेपाल फर्कने र मकवानपुर जिल्लामा फर्कनेहरुको सख्या दिनहुँ वढेकाले अव क्वारेन्टीनमा राखेर स्वाब टेष्ट गरेपछी मात्र घर पठाउने गरिन्छ ।
२५ वेढ क्षमताको क्वारेन्टीन निर्माण गरिएको हो । गोरक्षस्वरको दुई तलाको हललाई क्वारेन्टीनको रुपमा निर्माण गरिएको उहाँले वताउनुभयो । क्वारेन्टीका लागि चाहिने वेढ, अरु सामाग्री जनसक्ति सवै तयारी हालतमा राखिएको छ । यसको सवै खर्च उपमहानगरपालिकाले वेहोर्ने छ ।