हेटौंडाको गोरक्षश्वरमा तयार भयो क्वारेन्टीन

जनपत्र
१७ जेष्ठ २०७७, शनिबार ०८:३३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० गोरक्षस्वरमा क्वारेन्टीन निर्माणको काम सकिएको छ । उपमहानगरपालिकाले कोरानाको संका लागेकाहरुलाई राख्नका लागि गोरक्षस्वरमा क्वारेन्टीन निर्माण गरेको मेयर हरिबहादुर महतले वताउनुभयो ।

क्वारेन्टीन निर्माण गरेसंगै अव हेटौंडा वजार क्षेत्रमा कोरोनाको संका लागेका विरामीहरुलाई यस क्वारेन्टीमा राखिने मेयर महतले वताउनुभयो । २५ वेढ क्षमताको क्वारेन्टीन निर्माण गरिएको हो ।

गोरक्षस्वरको दुई तलाको हललाई क्वारेन्टीनको रुपमा निर्माण गरिएको उहाँले वताउनुभयो । क्वारेन्टीका लागि चाहिने वेढ, अरु सामाग्री जनसक्ति सवै तयारी हालतमा राखिएको छ । यसको सवै खर्च उपमहानगरपालिकाले वेहोर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*