हेटौंडाको गर्दोइमा बाढी पस्न नदिन कर्रामा सिमेन्टको वाल
हेटौंडा । हेटौंडाको कर्रा खोलामा फेरी अर्को सिमेन्टेड वाल निर्माण गर्न सुरु गरिएको छ । हेटौंडाको माछा प्लान नजिक सिमेन्ट वाल निर्माण गरिसकेपछी अहिले फेरी कर्रा खोलाकै तल्लो भागमा सिमेन्टको वाल निर्माण गर्न सुरु गरिएको हो ।
माछा प्लान, गर्दोइ क्षेत्रका घर हरेक वर्षायाममा वाढीले ढुवाउने खतरा वढेकाले ढ्याम निर्माण गर्न लागिएको हो । यसअघि माछा प्लानमै कर्रा खोलामा यही प्रकारको सिमेन्टेड वाल निर्माण गरिएको छ । अहिले भने यो दोस्रो वाल निर्माण गरिएको हो ।
दुवैतर्फ गरी ७० लाख रुपैयाँ लागतमा उपमहानगरपालिकाले वस्ती संरक्षण गर्न नयाँ प्रकारको वाल निर्माण गरेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । उहाँले निर्माण सुरु गरिएको तटवन्धनको निरीक्षण गर्नु भएको हो । बर्षायाममा कर्राखोला हेटौंडाको माछा प्लान क्षेत्र र गर्दोइमा पस्ने समस्या भएपछी उपमहानगरपालिकाले कर्रा खोलामा तटवन्धन गरेको हो । यसक्षेत्रका घरहरु अवको असार महिनामा भेल पस्ने समस्या समाधान गर्न लागिएको उपमहानगरपालिकाका मेयर महतले वताउनुभयो ।