रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

जनपत्र
१६ जेष्ठ २०७७, शुक्रबार १५:३०

रौतहट — रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले पनि काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण फेला परेको बताएको छ ।

प्रजिअ घिमिरेले शुक्रबार संक्रमण देखिएका सबै हालै भारतबाट फर्किएका व्यक्ति भएको र उनीहरु क्वारेन्टाइनमा बसिरहेको बताए । उनले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आफूले पाएको पनि बताए । रौतहटका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा भारतबाट फर्किएका झण्डै ४ हजार ५ सय जना छन् । क्वारेन्टाइन बनाउने विषयमा नै रौतहटमा बिहीबार र शुक्रबार प्रशासनसँग स्थानीयको झडपसमेत भएका थिए । ५६ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या १ सय ८१ पुगेको छ । तीनजना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*