पूर्वी नवलपरासीको देवचुलीमा थप दुई जनालाई कोरोना

जनपत्र
१६ जेष्ठ २०७७, शुक्रबार ०८:५३

चितवन । चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार ७३ जनाको बिहीबार परीक्षण गर्दा ७१ जनामा नेगेटिभ र नवलपुरका दुई जनामा पोजेटिभ आएको हो ।
भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना निकालेर यसको औपचारिक जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*