बागमती प्रदेशमा हाल सम्म ४२ जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु, ११ जना डिस्चार्ज

जनपत्र
१६ जेष्ठ २०७७, शुक्रबार ०८:२६

हेटौंडा । बागमती प्रदेशमा हाल सम्म ४२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । ११ जना कोरोना संक्रमित उपचार पछी डिस्चार्ज भएका छन् । कोरोना संक्रमित एक जना सुत्केरी महिला र  ५६ वर्षिय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण फैलिएदेखि हाल सम्ममा बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको हो ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या एक हजार ४२ पुग्दा बागमती प्रदेशमा भने ४२ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*