हेटौंडामा कोरोना प्रकोप व्यावस्थापनका लागि थप ५० लाख

जनपत्र
१६ जेष्ठ २०७७, शुक्रबार ०८:००

हेटौंडा । हेटौंडामा पनि कोरोना भाइरस (कोभिड १९) का संक्रमति देखिन थालेपछी यसको तयारी उपमहानगरपालिकाले थालेको छ । कोरोना प्रकोप व्यावस्थापनका लागि उपमहानगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।

कोरोनाको रोकथामका लागि अहिले तत्कालका लागि ५० लाख छुट्याएर काम गर्न लागिएको मेयर महतले वताउनुभयो । यो रकम हेटौंडाका १९ वटै वडामा तयार गरिने अस्थायी क्वारेन्टीनको व्यावस्थापन गर्न, त्यसका लागि आवस्यक सामाग्री खरिद गर्नका लागि यो रकम छुट्याईएको उहाँले वताउनुभयो ।

भारत तथा विभिन्न मुलुकबाट हेटौंडा फर्कनेहरुलाई सकेसम्म होम क्वारेन्टीनमा वस्नका लागि उत्प्रेरीत गर्ने र समस्या भएकालाई मात्र उपमहानगरपालिकाको क्वारेन्टीनमा राखीने भएको छ । यसअघि पनि हेटौंडा उपमहानगरपालिकाले आइसोलेसन, क्वारेन्टीन निर्माण, स्वास्थ्य सामाग्री खरिद लगायतकाको क्षेत्रमा खर्च गरेको र अव पनि यसको सहजताका लागि रकम छुट्याउने निर्णय गरिएको उहाँले वताउनुभयो ।

यसअघिनै करिव ७० लाख रुपैयाँ बरावरको राहतका सामाग्री उपमहानगरपालिकाले दैनिक ज्यालादारीहरुलाई खरिद गरेर वितरण गरेको छ । हेटौंडाका ६ वटा वडामा नगद रकम ६९ लाख रुपैयाँ गैरसरकारी संस्थासंगको सहकार्यमा वितरण गरिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*