सामाजिक सुरक्षा भत्ता यथावत्, ६७ अर्ब ५० करोड विनियोजन
– काठमाण्डौ आउँदो आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता यथावत् रहने भएको छ । वृद्ध, सीमान्तकृत, एकल महिला, अपाङ्गता भएका व्यक्तिको लागि सामाजिक सुरक्षा भत्ता सरकारले निरन्तरता दिने भएको हो । त्यसको लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो