सामाजिक सुरक्षा भत्ता यथावत्, ६७ अर्ब ५० करोड विनियोजन

विदेशबाट फर्कनेलाई खेतीमा आकर्षित गर्न भूमि बैंकको स्थापना हुने
जनपत्र
१५ जेष्ठ २०७७, बिहीबार १७:१३

काठमाण्डौ – काठमाण्डौ  आउँदो आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता यथावत् रहने भएको छ । वृद्ध, सीमान्तकृत, एकल महिला, अपाङ्गता भएका व्यक्तिको लागि सामाजिक सुरक्षा भत्ता सरकारले निरन्तरता दिने भएको हो । त्यसको लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।  सङ्घीय संसदमा नयाँ बजेट प्रस्तुत गर्नुहुँदै उहाँले ७० वर्ष माथिका नागरिकका लागि १ लाख रुपैयाँको निःशुल्क बीमा कार्यक्रमालई पनि निरन्तरता दिने बताउनुभएको छ । त्यसैगरी ४ लाख परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले समेट्ने अर्थमन्त्रीले घोषणा गर्नुभएको छ ।

काठमाण्डाै – सरकारले विदेशबाट फर्कने र स्वदेशमै रहेकाहरुलाई पनि कृषिमा आकर्षित गर्न भूमि बैंक स्थापना गर्ने भएको छ । अहिले तीनसय पालिकामा भूमि बैंक स्थापना गरिने र पछि सबै पालिकामा बिस्तार गरिने बजेटमा उल्लेख छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि कार्य गर्न चाहनेले भूमि बैंकमार्फत निश्चित समयसम्मको लागि जमिन लिजमा लिन सक्ने बताउनुभयो । यसको लागि कृषि सामग्रीमा सहुलियत दिने पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*