हेटौंडामा आजै फेरी थपीए कोरोना सक्रमित, कर्राको आइसोलेसनमा रहेकामा कोरोना संक्रमण
हेटौंडा । हेटौंडामा आजै फेरी कोरोना सक्रमित थपीएका छन् । आज विहान मात्र हेटौंडा १ चौकिटोलमा २५ वर्षिय महिलामा कोरोना संक्रमण देखापरेसंगै आज साँझ फेरी एक जानमा कोरोना संक्रमण देखा परेको छ ।
हेटौंडाको कर्राको आइसोलेसनमा रहेका एक जना पुरुषमा कोरोना संक्रमण देखा परेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । हेटौंडा ९ घर भएका पुरुषमा कोरोना पुष्टि भएको हो । उनी भारतबाट घर आएका थिए ।
भारतबाट हेटौंडा आउने वित्तिकै आइसोलेसनमा राखिएको थियो । अहिले पनि कोरोना संक्रमित पुरुषमा आइसोलेसनमा राखिएको छ ।हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ घर भएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ५० बर्षका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो भारतबाट हेटौँडा आएका उनको स्वाब संकलन गरी हेटौँडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।






