हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल घर भएकी एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । हेटौंडामा कोरोना जाँच गराउँदा उहाँमा कोरोना भाइरस पुष्टी भएको हेटौंडाको कर्रामा रहेको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
यही जेठ नौ गते कोरोना संक्रमणको लक्षण देखापरेपछी कोरोना जाँच गर्नका लागि ल्यावमा परिक्षणका लागि दिइएको थियो । तर, उहाँ त्यसबेला देखि आइसोलेसनमा भन्दा पनि घरमै रहेको चौलागाईले वताउनुभयो ।
हेटौंडामानै घर र यही वसोवास गर्ने महिलामा कोरोना संक्रमण पुष्टी भएको वताउनुभयो । कोरोना संक्रमण रहेको महिला गर्भवती रहेको श्रोतले जनाएको छ । हेटौंडाको प्रयोगशालामा जाँच गराउँदा उहाँमा कोरोना संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाले जानकारी दिनुभयो ।