अमेरिकी राष्ट्रपति ट्रम्पको पोष्ट भ्रमपूर्ण रहेको ट्विटरको चेतावनी

काठमाण्डाै – ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को ट्याग गरेको छ ।
ट्विटरको निलो लेबलले ट्वीटले भ्रमपूर्ण भएको भन्दै तथ्य जाँच्न आग्रह गर्छ । ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको बैधताको बारेमा धेरै असह्य दावी गरेका भन्दै ट्विटरमा आलोचना पनि भएको छ ।
सामाजिक सञ्जाल कम्पनी ट्विटरले यहि महिनाको सुरूमा चेतावनी लेबलहरूमा आफ्ना नीतिहरू अध्यावधिक गरेको थियो । ट्रम्पका ट्वीटहरुमा तथ्य जाँच गर्न ढिला भैरहेको आवाज उठिरहेका बेला ट्विटरले चेतवानी दिन शुरु गरेको हो ।