प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

जनपत्र
१३ जेष्ठ २०७७, मंगलवार १५:३६

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठककाे आह्वान गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले अपराह्न ५ बजे बालुवाटारमा सर्वदलीय बैठक बाेलाउनुभएकाे उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।

सीमा विवादलगायत विभिन्न समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ‌ओलीले सर्वदलीय बैठक डाक्नुभएकाे बताइएकाे छ ।

सरकारले केही दिनअघि मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशाेधन गर्न सहमति जुटाउन बैठक केन्द्रित हुने छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*