बागमती प्रदेशको नीति तथा कार्यक्रमः भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गरिने
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशको गौरबको योजनाको रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्षभित्र पुरा गर्ने घोषणा गरेको छ । आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त आयोजनाको डिपिआर तयार भैसकेको भन्दै आगामी चार वर्षभित्र योजना सम्पन्न गरिसक्ने जनाएका छन् ।
बागमती प्रदेश सरकारले प्रदेश सचिवलायको भवन निमार्ण यसै आर्थीक बर्षबाट सुरु गरिने भएको छ। बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले प्रदेश सचिवलायको भवन निमार्ण यसै बर्षबाट सरु हुने घोषण गरेका हुन ।
बागमती प्रदेश सरकारले हेटौँडा अस्पतालाई ३ सय शैयाको अस्पतालमा रुपान्तरण गरिने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई अनुसन्धान केन्द्रको रुपमा विकास गरिने पनि जनाईएको छ । बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख प्रसाँईले उक्त घोषँणा गरेका हुन् । यसैगरी प्रदेशका अन्य जिल्लामा रहका अस्पतालहरुलाई समेत एक सय र ५० शैयाको बनाउने जनाईएको छ ।
बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी आर्थिक वर्ष बागमती प्रदेशमा सञ्चालन हुने तामाङ तथा नेपाल भाषाको मिडियालाई प्रोत्सहान गर्ने घोषँणा गरेको छ । आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त घोषँणा गरेका हुन् । यसैगरी मर्जर हुन चाहने मिडियालाइ समेत प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने बताईएको छ ।
बागमती प्रदेश सरकारले बन्द रहेको हेटौँडा काठमाडौँ रोपवे ,रज्जुमार्ग लाई पर्यटकीय यात्रा मार्गको रुपमा प्रयोग गर्ने भएको छ । बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले बन्द रज्जुमार्गलाई लगानी बोर्डबाट भएको अध्ययनको आधारमा सार्वजनिक निधी कार्याक्रम मार्फत पर्यटकीय यात्र मार्गको रुपमा गर्ने घोषँणा गरेका हुन् ।
बागमती प्रदेश सरकारले महिलाको पाठेघर तथा स्तन क्यान्सरलाई निशुल्क परिक्षण गर्ने ब्यवस्था मिलाउने भएको छ । क्यान्सर अस्पतालहरुको सहकार्यमा उक्त ब्यवस्था मिलाईने भएको हो । बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त घोषँणा गरेका हुन् ।