ईद पर्वको अवसरमा बागमती प्रदेश प्रमुख प्रसाईको शुभकामना

हेटौंडा । ईद पर्वको अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेश र देश, विदेशमा रहनुभएका सवैमा शुभकामना दिनुभएको हो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह समेत उहाँले गर्नुभयो ।
रमदानको रोजा पूरा गरी आज ईद मनाइरहेका इस्लाम समुदायलाई शुभकामना दिँदै प्रदेश प्रमुख प्रसाईले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुताको मौलिक पहिचान भएको उल्लेख गर्नुभयो ।