हेटौंडाको प्रयोगशालामा परिक्षण गरिएका बाराका २१ जनामा कोरोना संक्रमण भएको पुष्टि

जनपत्र
१२ जेष्ठ २०७७, सोमबार ११:३९

हेटौंडा । हेटौंडाको प्रयोगशालामा परिक्षण गरिएका बाराका २१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बारा गढीमाइ नगरपालिकाका २१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्र केटौंडाको प्रयोगशालामा कोरोना परिक्षण गरिएका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको हेटौंडाको प्रयोगशालामा कोरोना संक्रमण भएनभएको जानकारी भने पहिलेनै संघीय सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*