मकवानपुरको इन्द्रसरोवरमा ट्रक दुर्घटनामा ६ जना घाइते

हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडानम्बर–२ मा मिनिट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ट्रकमा सवार ६ जना घाइते भएका हुन् । कुलेखानीबाट देउरालीतर्फ आउँदै गरेको ना ७ ख ९४९२ नम्बरको बालुवा लोड भएको मिनिट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७ मिटर तल खसेको थियो ।
घाइते हुनेमा मिनि ट्रकका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का ३९ बर्षीय सुभाष घिसिङ, ट्रकधनी ३९ बर्षीय गोपाल लामा, कामदारहरु २६ बर्षीय सुवास घिसिङ, २६ बर्षीय सन्तमान घिसिङ, ३८ बर्षीय मंगलबहादुर तामाङ र ४६ बर्षीय नारायण मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।
घाइते ६ जना मध्य एक जानको हेटौंडाको अर्थोपेडिक अस्पातलमा उपचार भइरहेको र अरु पाँच जना भने उपचार पछी घर फर्किएको प्रहरी निरीक्षक पाठकले वताउनुभयो ।