अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक-पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।
संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ। संक्रमित अस्पतालबाट फरार भएपछि उनको खोजी थालेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।