कोरोना परिक्षण गर्न संघीय सांसदको सिको गर्दै बागमती प्रदेशका सांसद

प्रदेशका मन्त्री र केही सांसद आवस्यक्ताका आधारमा मात्र कोरोना परिक्षणको पक्षमा, कोही सांसद कोरोना कोरोना नेगेटिभ रिपोर्ट नदेखाइ संसद भित्र छिर्न नदिने दवाव दिदै आएका छन् ।
जनपत्र
११ जेष्ठ २०७७, आईतवार १३:२९

हेटौंडा । बागमती प्रदेशको प्रदेशको वैठक भोलीका लागि बोलाईएको छ । प्रदेशसभा वैठकमा जादा मुख्य गेटमै कोरोना भाइरस (कोभिड १९) को परिक्षणको नेगेटिभ रिपोर्ट देखाएपछी मात्र संसदमा छिर्न दिने नियम वनाउनुपर्ने केही सांसदको माग रहेको छ ।

प्रदेशका मन्त्री र केही सांसदहरुले भने आवस्यक्ताका आधारमा मात्र कोरोनाको परिक्षण गर्नुपर्ने माग गरेका छन् । बैठक जानु भन्दा अगाडी पीसीआर गर्नका लागि हिजो देखिनै प्रदेश सभाका सांसदहरु दौडधुपमा लागेका छन् । पहुँच र पाओरकै भरमा बागमती प्रदेश सभाका सभामुख, समितिका सभापतिहरु, प्रदेशका सांसदहरुले कोरोना परिक्षण धमाधम भइरहेको हो ।

कोरोनाको संका लागेका धेरै विरामीहरुको पीसीआर गर्नका लागि समस्या भइरहेको समयमा संघीय संसदको सिको गर्दै बागमती प्रदेशसभामा पनि सवैको पीसीआर गर्न लागिएको हो । धेरै सांसदहरुले आफ्नै जिल्लामा कोरोना परिक्षण गरेर आउने र केही सांसदहरुले हेटौंडामा आएर कोरोना परिक्षण गर्न लाग्नु भएको छ ।

कोरोना परिक्षणको काम आफुले गरेको वताउँदै प्रदेशसभाका समुख सानुकुमार श्रेष्ठले भन्नुभयो–‘कोरोना परिक्षण गर्नै किटको अभाव भइरहेको समयमा हामिले अनिवार्यनै भने गरेका छैनौ । तर प्रदेशसभाका कर्मचारी, मर्यादा पालक सवैको कोरोना परिक्षण गरिएको छ । धेरै सांसदले आफ्नै जिल्लामा कोरोना परिक्षण गर्नभएको छ । केहीको हेटौंडामा परिक्षण गरिएको हो ।’

कोरोना परिक्षको पीसीआर नेगेटिभ रिपोर्ट नेदेखाइकन प्रदेशसभाको हलमा छिर्न नपाउने नियम वनाइएको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता बिनोद अमात्यले जानकारी दिनुभयो । तर, यो नियम भोली सम्म टिक्न नसक्ने आकलन गरिएको छ । कोरोना परिक्षण गर्ने कुरामा प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र केही सांसदको आवस्यक्ताका आधारमा गर्नुपर्छ भनिएपनि केही सांसदहरुले अनिवार्य रुपमा पीसीआर गर्नुपर्ने भन्दै आएका छन् ।

प्रदेशसभाका सवै कर्मचारी, मर्यादा पालक सवैको हिजोनै हेटौंडा अस्पतालमा गएर पीसीआर जाँच गरिएको उहाँले वताउनुभयो । बागमती प्रदेश सभामा सभामुख र एक सय नौ जना सांसद छन् । मर्यादा पालक र कर्मचारी पनि त्यतीकै छन् । सवैको कोरोना परिक्षण गर्दा किटको समस्या हुनेहुन्छ । एउटै गाडीमा आउने मन्त्री र सांसदका स्वकीय, सवारी चालकलाई भने कोरोना परिक्षण अनिवार्य छैन ।

कोरोना परिक्षण पदको आधारमा नभइ आवस्यक्ताका आधारमा हुन्छ–मन्त्री दुलाल

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरस (कोभिड १९) को परिक्षण पदको आधारमा भन्दा पनि आवस्यक्ताका आधारमा हुने वताउनुभएको छ । बागमती प्रदेश सरकारको नीति भनेको कोरोनाका संका लागेका विरामी वा कोरोना भाइरस संक्रमित मानिससंग सम्पर्कमा रहेका व्यक्तिहरुको मात्र पीसीआर गर्ने नीति रहेको वताउनुभयो ।

पद, पहुँच र पाओरका आधारमा कोरोना परिक्षण नहुने वताउनुभयो । भोलीको प्रदेशसभाको वैठकमा जानका लागि धेरैजसो सांसदहरुले कोरोना परिक्षण गरिसकेको अवस्थामा आफुले भने कोरोना परिक्षण नगरेको वताउनुभयो । कोरोना परिक्षणमा पदका आधारमा आफुले नगर्ने वताउनुभयो । संसदमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेमा आफु संसद भित्र नजाने वताउनुभयो ।

सुरक्षाको कुरालाई सरकारले गम्भिरताका साथ लिएको वताउँदै मन्त्री दुलालले भन्नुभयो–‘सरकारका पदाधिकारी, सांसद र नागरिकको उपचारको अधिकार एउटै रहेको छ । पदहुनेको मात्र परिक्षण गरिने होइन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*