बागमती प्रदेशमा हाल सम्म ३२ जनामा कोरोना संक्रमण, पछील्लो एक दिनमै चार जना थपीए

हेटौंडा । बागमती प्रदेशमा हाल सम्म ३२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएका छन् । नेपालमा कोरोना संक्रमित ५ सय ८४ जना देखिएकोमा बागमती प्रदेशमा मात्र ३२ जना संक्रमति देखिएका हुन् ।
हिजो २४ घण्टा भित्रमा ४ जनामा कोरोना भाइरस संक्रमण देखा परेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट कुल ४५ हजार नौ सय ५७ जनाको परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ८६ हजार दुई सय ३५ जनाको परीक्षण गरिएको छ ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार चार सय ९४ जनाको पीसीआर र आरडीटी विधिबाट चार हजार एक सय १९ जनाको परीक्षण भएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश १ मा १० हजार एक सय ६९, प्रदेश २ मा ६ हजार तीन सय आठ, वाग्मती प्रदेशमा २१ हजार सात सय १२, गण्डकी प्रदेशमा सात हजार सात सय एक, प्रदेश ५ मा ११ हजार चार सय ८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार आठ सय १७ जनाको आरडीटी परीक्षण गरिएको छ ।
क्वरेण्टीनमा रहेकाको सङ्ख्या ३२ हजार पाँच सय ८७ छ । त्यसमध्ये प्रदेश १ मा एक हजार चार सय ६१, प्रदेश २ मा ६ हजार नौ सय १०, वाग्मती प्रदेशमा पाँच सय ३५, गण्डकी प्रदेशमा सात सय ७९, प्रदेश ५ मा १७ हजार एक सय ३०, कर्णाली प्रदेशमा एक हजार ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा चार हजार एक सय दुई रहेका छन् ।
आइसोलेशनमा रहेकाको सङ्ख्या पाँच सय आठ रहेको छ । प्रदेश १ मा ६०, प्रदेश २ मा एक सय ६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश ५ मा दुई सय ४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन् । यस्तै कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या ७९ रहेको छ ।
पछिल्लो २४ घण्टामा सात सय आठ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेब पेज र एपमा मात्रै सात सय आठ जनाले आफ्नो विवरण भरेका छन् । यो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् ।
रेड जोनमा परेकाको जाँच सुरु गरिसकिएको प्रवक्ता डा। देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार नौ सय ६९ पुगेको छ ।