कोरोना संक्रमित महिला हेटौंडा हुप्राचौरमा वस्दै आएको खुल्यो, हेटौंडा अस्पतालबाट रिफर गरिएको खुलासा

स्वास्थ्य मन्त्रालयलय ठेगाना गलत दिदा हेटौंडा ३ भनिएपनि कोरोना संक्रमित महिला ६ दिन अगाडी हेटौंडा अस्पतालमा उपचारपछी काठमाण्डौ रिफर गरिएको थियो ।
जनपत्र
१० जेष्ठ २०७७, शनिबार १०:१९

हेटौंडा । हेटौंडा ४ हुप्राचौर घर भएकी ५४ वर्षिय महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको खुल्न आएको छ । हिजो स्वास्थ्य तथा जनसख्या मन्त्रालयलय हेटौंडा ३ की महिला भने पनि हेटौंडा ४ हुप्राचौरमा घर भएर स्थायी रुपमा यहाँनै वस्दै आउनुभएकी महिलामा कोरोना भाइरस देखापरेको खुल्न आएको हो ।

स्वाथ्य मन्त्रालयलय ठेगाना गलत भनेको वताउँदै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले ती महलिा हेटौंडा ४ हुप्राचौर निवासी रहेको वताउनुभयो । अहिले डाक्टरहरु सहितको छलफलबाट कन्ट्रायक ट्रेसिङको काम सुरु भएको उहाँले वताउनुभयो ।

६ दिन अगाडी हेटौंडा अस्पतालमा मुटुको समस्या कारण उपचार गरेर यहाँबाट टिचिङ अस्पतालमा रिफर गरिएको थियो । ६ दिन अगाडी परिवार सहित काठमाण्डौमा उपचार गराइरहनु भएकी महिलामा हिजो कोरोना भाइरस पुष्टी भएको र काठमाण्डौ र हेटौंडामा समेत उहाँसंग सम्पर्कमा रहनुभएकाहरुसंग खोजी कार्यभइरहेको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास प्रस्वासमा समेत समस्या आएका कारण उहाँलाई काठमाण्डौंमा रिफर गरिएको थियो । उहाँलाई उपचार गर्ने डाक्टर, सँम्पर्कमा रहेका व्यक्ति, घर परिवारको समेत पीसीआर गर्ने तयारी थालिएको छ । अव आफुहरुपनि क्वारेन्टीनमा वस्न लागेको डाक्टर श्रेष्ठले वताउनुभयो । कोरोना संक्रमित भनिएका परिवारसंग पटक पटकको प्रयासबाट समेत सम्पर्क हुन सकेन ।

हेटौंडा अस्पतालबाट ६ दिन अगाडी रिफर गरिएपनि कोरोना संक्रमणको आसंकामा स्वाब टेष्ट गर्दा हिजो काठमाण्डौमा कोरोना पुष्टि भएको हो । हेटौंडा छदै कोरोना लागेको हो वा काठमाण्डौमा अस्पतालमा उपचार गर्दा कोरोना संक्रमण भएको भन्ने कुरा खुलेको छैन ।

हेटौंडा ३ भनिएकी महिला हेटौंडा ४ हुप्राचौरको स्थायी वासिन्दा भएको खुलेको र उहाँका परिवारका सदस्यहरुसंग पनि कुरा गर्दा कोरोना संक्रमण भएको जानकारी प्राप्त भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जनपत्रलाई जानकारी दिनुभयो ।

५४ वर्षिय महिलाको काठमाण्डौको शिक्षण अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ । मुटुको चालमा गडबढी आई ६ दिनअघि शिक्षण अस्पताल ल्याइएकोमा हिजो मात्र उहाँलाई कोरोना पुष्टि भएको हो । लकडाउनको समयमा हेटौंडा घर ओहोर दोहोर गरेको र कोको संग भेट भएको विषयमा खोजी भइरहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले वताउनुभयो ।

त्रिवि चिकित्साशास्त्र अध्ययान संस्थान आइओएम स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू आइसोलेसन वार्ड सिल गरिएको छ । अहिलेपनि कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको स्रोतले जनाएको छ ।

अस्पतालमा अहिले पनि छलफल जारी छ। कोरोना संक्रमीत बिरामिलाइ गणेशमान भबनमा सार्ने तयारी भइरहेको छ । बिरामी ६ दिनदेखी भर्ना भएको हुनाले अधिकाश चिकित्सक तथा नर्सहरु सम्पर्कमा आएको हुन सक्ने वताइएको छ । कोरोना संक्रमित महिलालाई अस्पतालमा जाँच गराउने डाक्टर, नर्ष, ल्यावमा रहेका स्वास्थ्य कर्मीलाई क्वारेन्टीनमा राख्ने, आरडीटी र पीसीआर जाँच गराउने विषयमा अहिले अस्पतालमा छलफल भइरहेको अस्पतालका बालरोग बिशेषज्ञ डाक्टर हरिबहादुर खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*