नयाँ संक्रमित ३२ जना थपीए, नेपालमा कोरोना संक्रमितको सख्या ५४८ पुग्यो

जनपत्र
१० जेष्ठ २०७७, शनिबार ०८:५८

हेटौंडा । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड(१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

शनिबार कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षका पुरुष तथा २७ वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ पुग्यो ।

त्यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८ वर्षदेखि ३५ वर्ष उमेरसमूहका १३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । सर्लाहीमा शनिबार बिहानसम्म संक्रमितको संख्या ३३ पुगेको छ ।

त्यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्ष उमेर समूहका ८ जना पुरुषमा पनि शनिबार संक्रमण पुष्टि भएको छ । शनिबार बिहानसम्म रुपन्देहीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*