विभिन्न नाका भएर शनिबार बिहान २ सय २९ यात्रु काठमाण्डौ भित्रिए

जनपत्र
१० जेष्ठ २०७७, शनिबार ०८:४५

काठमाण्डौ – विभिन्न नाका भएर आज बिहान २२९ जना यात्रु काठमाण्डौ उपत्यका भित्रिएका छन् ।

पास भएका ७७ वटा गाडीबाट २२९ जना यात्रु बिहान भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पास नभएका १४ वटा गाडी र ३४ जना यात्रुलाई फर्काइएको छ ।

गृह मन्त्रालयले अति अवश्यक काम नपरी आवतजावत नगर्न आग्रह गर्दै आएको छ भने काठमाण्डौ उपत्यका आउनै परे आरडीटी विधिमार्फत स्वास्थ्य परीक्षण गरेको रिपोर्ट देखाउन भनेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डौ उपत्यका प्रवेश गर्ने मुख्य चार नाकासहित सबै नाका क्षेत्रमा कडाइगरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*