हेटौंडा १० न्युरेनी टोलमा स्लाव ढलानको शिलान्यास
हेटौंडा । हेटौंडा १० न्युरेनी टोलमा स्लाव ढलानको शिलान्यास गरिएको छ । सडक निर्माणको सिलान्यास गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कोरोना नियन्त्रणका कामसंगै विकासका काम पनि अगाडी वढाइएको वताउनुभयो ।
कोरोना नियन्त्रणका लागि हेटौंडाका १९ वटै वडामा हारडीटी परिक्षणको काम सकेपछी अहिले यो काम संगै विकास निर्माणका काम पनि सुरु गरिएको मेयर महतले वताउनुभयो ।
कुल १९ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गर्न लागिएको सडक निर्माणको काम केही दिनमै सक्ने तयारी भएको छ । ६ मिटर चौडाइ सडक निर्माणका लागि स्थानीय उपभोक्ता लागि परेका छन् ।






