हेटौंडा वजारमा सुर्तिजन्य पदार्थ विक्रि वितरणमा रोक

हेटौंडा । हेटौंडाको वजार क्षेत्रमा सुर्तिजन्य पदार्थ बिक्री बितरण गर्न केही दिन देखि प्रतिवन्द लगाइएको छ । सुर्ति, गुड्खा, पान पराग बिक्री वितरणमा रोक लगाइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
सुर्तिजन्य पदार्थ खाएर बजारका सडक, पेटी जताततै थुक्ने र त्यसका प्लाष्टिक पनि त्यसै फाल्र्दा कोरोना संक्रमण हुन सक्ने भएकाले यसको विक्री वितरणमा रोक लगाइएको उहाँले वताउनुभयो । दैनिक रुपमा विहान खाद्यान्नका पसल, अत्यावस्यक पसल, हार्डवयरका पसल खुले पनि सुर्तिजन्य पदार्थ विक्री वितरण गर्ने पसलाई विक्री वितरणमा रोक लगाइएको मेयर महतले वताउनुभयो ।
यस अघि पनि हेटौंडाको बुद्धचोकमा निर्माण क्षेत्रका मजदुरलाई सुर्तिजन्य पदार्थ खाएर फाल्न र थुक्न प्रतिवन्ध लगाइएको थियो । सुर्तिजन्य पदार्थ सार्वजनिक स्थानमा खान नपाइने नियम भएपनि यसको कार्यान्वयन खासै भएको थिएन । अहिले भने यस्ता पसललाई रोक लगाइएको हो । सार्वजनिक विद्यालय, अस्पताल, सरकारी कार्यालय वरपर चुरोट, सुर्ति, पराग लगायतका सुर्तिजन्य पदर्था विक्री वितरण गर्न पाइदैन ।