हेटौंडा घर भएकी कोरोना संक्रमित महिला मनमोहन कार्डियोभास्कुलरमा गम्भीर अवस्थामा, सीसीयू वार्ड सिल
हेटौंडा । मकवानपुर हेटौडा ३ घर भएर हाल भक्तपुरमा वस्दै आउनुभएकी ५४ वर्षिय महिलाको काठमाण्डौको शिक्षण अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ । मुटुको चालमा गडबढी आई ६ दिनअघि शिक्षण अस्पताल ल्याइएकोमा हिजो मात्र उहाँलाई कोरोना पुष्टि भएको हो ।
लकडाउनको समयमा हेटौंडा घर ओहोर दोहोर गरेनगरेको र को को संग भेट भएको विषयमा खोजी भइरहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले वताउनुभयो ।
त्रिवि चिकित्साशास्त्र अध्ययान संस्थान आइओएम स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू आइसोलेसन वार्ड सिल गरिएको छ । अहिलेपनि कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको स्रोतले जनाएको छ ।
५४ वर्षकी संक्रमित महिलाको स्थायी घर मकवानपुर हेटौडा ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुटुको समस्या भई अस्पताल आएपनि निमोनिया देखिएपछि चिकित्सकहरुले कोरोना परीक्षण गर्न पठाएका थिए ।
अस्पतालमा अहिले पनि छलफल जारी छ। कोरोना संक्रमीत बिरामिलाइ गणेशमान भबनमा सार्ने तयारी भइरहेको छ । बिरामी ६ दिनदेखी भर्ना भएको हुनाले अधिकाश चिकित्सक तथा नर्सहरु सम्पर्कमा आएको हुन सक्ने वताइएको छ । हेल्थ पाटीको सहयोगमा ।






