हेटौंडाको प्रयोगशालामा परिक्षण गर्दा बाराका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि

जनपत्र
९ जेष्ठ २०७७, शुक्रबार २१:१९

हेटौंडा । हेटौंडाको प्रयोगशालामा परिक्षण गर्दा बाराका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा हेटौंडाको किटजन्य रोग तथा अनुसंधान तालिम केन्द्रमा परिक्षण गर्दा बाराका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

बाराको सिम्नगढ नगरपालिका घर भएका २२, २७, ३०, ३४, ३८, ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले जानकारी दिनुभयो । कोरोना पुष्टी भएका ६ जना बारामै आइसोलेसनमा छन् ।

गत जेठ ७ गते उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडाले पनि उनीहरुको रिपोर्ट कन्फर्म गर्नका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

प्रजिअ पण्डितले काठमाडौंबाट आफूलाई उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी आएको बताए । उनीहरुलाई क्वारेन्टाइनबाट कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित सबै जना भारतबाट मजदुरी गरी आएका व्यक्तिहरु हुन् ।

यसैगरी थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।

शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*