हेटौंडा घर भएकी महिलामा पनि कोरोना पुष्टी
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ घर भएकी ५४ वर्षिय महिलामा कोरोना भाइरस (कोभिड १९ ) संक्रमण भएको देखिएको छ । मकवानपुरमा घर भएर अन्यत्र बस्दै आएका व्यक्तिमा कोरोना भाइरस देखा परेपनि मकवानपुरमा वस्दै आएका व्यक्तिमा भने हाल सम्म कोरोना भाइरस संक्रमण भएको छैन ।
हेटौंडा ३ की महिलाको राष्ट्रिय जनसंख्या प्रयोगशाला काठमाण्डौंमा परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । घर हेटौंडा ३ मा भएपनि हाल वसोवास भने भक्तपुरमा रहेको बुझिएको छ । लकडाउनको समयमा हेटौंडा ओहोर दोहोर गर्नुभयोकी भएन भन्ने खोजीको विषय वनेको छ ।
यसैगरी थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।
शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।







