मकवानपुरको मनहरीबाट बन्दुक र गाँजा सहित एक जना पक्राउ

जनपत्र
९ जेष्ठ २०७७, शुक्रबार १७:१२

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाबाट भरुवा वन्दुक, गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३३ किलो गाँजा, बन्दुक र घरेलु हतियार सहति एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका ६ का ४० वर्षीय रामचन्द्र प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले वताउनुभयो । लकडाउनका समयको मौका छौप्दै गाँजा व्यापार गर्ने धन्दा गर्दै आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मनहरी–६ कत्ले खोला नजिक सामुदायीक वनमा गाँजा ओसारपसार र कारोबार भइरहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरी निराक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिगएको प्रहरी टोलिले ३३ किलो गाजा र भरूवा बन्दुक सहित शुक्रबार बिहान प्रजालाई पक्राउ गरेको जनाइएको छ ।

घटनामा संलग्न अन्य केही भागेको र खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रजाको साथबाट गाजा र बन्दुक सहित एक थान खुकुरी, एक थान बन्चरो र तीन थान टर्च लाइट फेला पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*