हेटौंडाको आइसोलेसनबाट ३१७ जनाले लिए सेवा

जनपत्र
९ जेष्ठ २०७७, शुक्रबार १६:२५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर ४ कर्रामा रहेको आइसोलेनमा हाल सम्म ३ सय १७ जनाले सेवा लिएका छन् । आइसोलेसनमा रहेका सवैको कोरोना भाइरस (कोभिड १९) जाँचका लागि सेवा लिएका हुन् ।

आइसोलेसनमा मकवानपुर जिल्ला, आसपासका जिल्ला र भारतबाट नेपाल आएकाहरुलाई राखेर कोरोना जाँच गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । आइसोलेनमा पीसीआर जाँच गराउनेहरुको पछील्लो समयमा निकै चाप वढेको मेयर महतले वताउनुभयो ।

कोभिड १९ संक्रमण रोकथाम गर्न स्थापित आईसोलेसन वार्डमा सुरुवात देखिनै उपमहाँनगरपालिकाका स्वास्थ्यकर्मीलाई राखेर सेवा दिइरहेको मेयर महतले वताउनुभयो । त्यस्तै उपमहानरपालिकाले बिभिन्न स्थानमा गरेको आरडीटी परिक्षण भने ५ सय ४७ जनामा गरिएको उहाँले वताउनुभयो । हेटौंडाका १९ वटै वडा र आइसोलेसनमा आएकाहरुबाट समेत आरडीटी परिक्षण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*