दिल्लीबाट फर्किएकी थिइन् धरानकी संक्रमित

जनपत्र
८ जेष्ठ २०७७, बिहीबार १३:०६

धरान । धरानकी कोरोना संक्रमित ५१ वर्षीय महिला दिल्लीबाट फर्किएको पाइएको छ ।

एक जनाका एक जना आफन्त दिल्लीमा उपचाररत थिए । त्यही क्रममा उनी दिल्ली आउजाउ गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, धरानका प्रमुख सागर प्रसाईंले अनलाइनखबरलाई बताए ।

उनका अनुसार महिलालाई बिहानै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ । शंका लागेपछि महिला आफैं परीक्षण गराउन अस्पताल पुगेकी थिइन् ।

धरानमा हालसम्म चार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । मुलुकभर ४ सय ४४ संक्रमित भेटिएका छन् ।

अनलाइनखबर बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*