हेटौंडाको प्रयोगशालामा कोरोना जाँच गर्नेको चाप, चार दिन सम्म पालो पर्खनुपर्ने बाध्यता

जनपत्र
८ जेष्ठ २०७७, बिहीबार ०९:१२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा कोरोना जाँच गराउनेको धेरै चाप वढेको छ । समयमै कोरोना जाँच नहुँदा रिपोर्ट दिएको चार दिन सम्म पर्खुनुपर्ने बाध्यता पनि वढेको छ । कोरोना भाइरसको छिटो जाँच गराउन पनि पहुँच र पाओर चल्न थालेको छ ।

मन्त्री र सक्तिशाली सांसदका जिल्लाबाट आएको स्वाबको छिटो परिक्षण हुने र हेटौंडाको आइसोलेसनमा रहेकाहरुको ढिलो परिक्षण हुने गर्दा कोरोना चाँज गराउनका लागि रिपोट लिनका लागि चार दिन सम्म पर्खनुपर्ने बाध्यता भएको विरामीहरु वताउँछन् ।

हिजो बिहानै मकवानपुरको थाहा नगरपालिकाबाट कोरोना संक्रमित युवकका तीन जना परिवार हतार गरेर बिहानको ३ वजेनै हेटौंडा आइपुगेपनि आज बिहान नौ वजे सम्म पनि उनीहरुको परिक्षण रिपोर्ट प्राप्त नभएको हेटौंडाको आइसोलेनका इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

लकडाउनकै समयमा घरमा वसेर काठमाण्डौ गएका थाहा नगरपालिकाका युवकका परिवारको समेत प्रयोगशालामा परिक्षण गर्न ढिलाइ गरिएको छ । सिन्धुपाल्चोक जिल्लाका कोरोना संका लागेकाहरुको परिक्षण गर्न काठमाण्डौ नजिक हुन्छ तर, हेटौंडाको ल्याबमा ल्याएर परिक्षण गर्दा ढिलाइ भएको प्रयोगशालाका प्राविधिकहरु स्वीकार गर्छन ।

प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता भएपनि अव निरन्तर हुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाइले जानकारी दिनुभयो । कोरोना जाँच गराउनेहरु पछील्लो समयमा धेरै वढेकोले पनि समस्या हुँदै आएको र अव भने त्यस्तो समस्या नहुने उहाँले वताउनुभयो । हेटौंडाको प्रयोगशालामा हाल सम्म ९ सय ६५ जनाको स्वाब परिक्षण सकिएको छ ।

हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पीसीआर परिक्षण गराउन आउनेहरुको पनि निकै चाप वढेको छ । पछील्लो चार दिनमा बिदेशबाट फर्कने, कोरोना संक्रमित व्यक्ति नजिक भएकाहरुको चाप निके वढेको आइसोलेनका इन्चार्ज चौलागाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहेर पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछी मात्र डिस्चार्ज गर्ने गरिएको छ । हाल सम्म आइसोलनमा रहेकाहरुको रिपोर्ट पोजेटिभ आएको छैन ।

हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा डाक्टर  सेडाइले वताउनुभयो ।

बितेको चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट, सिंधुली, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीहरुको पनि कोरोना परिक्षण गरिदै आएको छ । बिदेशबाट फर्किएका र कोरोना संक्रमितको नजिक रहेकाहरुको स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*