लकडाउनमा पनि हेटौंडाको विकासका काम निरन्तर

जनपत्र
८ जेष्ठ २०७७, बिहीबार ०८:२३

हेटौंडा । करिव दुई महिना देखिको लकडाउनको कठिन समयमा पनि हेटौंडामा विकासका काम निरन्तर भइरहेको छ । सडक निर्माणका काममा आवस्यक सामाग्रीको अभावको समयमा पनि विकासका कामले निरन्तर्ता पाएको छ ।

लकडाउन लम्मीदै जाने र बिकासका कामले गतिलिन नसक्ने भएका कारण पनि यस काममा जोड दिइएको हो । यसैविबच हेटौंडा १० भुटनदेविरोडमा सडक विस्तार र निर्माण गर्ने काम आजबाट सुरु भएको छ । सडक निर्माणको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो । कुल ४० लाख रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको हो ।

यस क्षेत्रको सडक फराकिनो वनाउने र नमुना मुलक सडक निर्माण गर्न लागिएको मेयर महतले जानकारी दिनुभयो । स्थानीय उपभोक्ताहरु प्नि सडक निर्माण हुने भएपछी खुसी भएका छन् । वषैपिच्छे वर्षायाममा सडकमा पानी जम्ने समस्याका कारण स्थानीयहरु हैरान भएकाले यसतर्फ काम गर्न लागिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*