बालिकाहरुको भिडियो बनाउने समुहको फरार चौथो व्यक्ति बब्लु शेख पक्राउ
लकडाउनको मौका छोपी आदर्शनगरको चित्रलेखा स्टुडियोमा बालिकाहरुलाई प्रलोभनमा पारी सेक्स भिडियो बनाउने समुहको एक फरार अभियुक्तलाई पर्सा प्रहरीले बुधवार पक्राउ गरेको छ।
प्रहरीले चित्रलेखा स्टुडियोका मालिका सहित ३ जनालाई पक्राउ गर्दा फरार रहेका बब्लु शेख भन्ने सलाउद्धिन अलीलाई प्रहरीले बुधवार राती पक्राउ गरेको हो।
सलाउद्धीन अली लभ जेहादमा पनि सलग्न रहि आएको र प्रहरीले उनलाई अवैध गतिविधीमा संलग्न रहेको आरोपमा यसअघी पनि पटक पटक नियन्त्रण लिदै आएको छ।
गरिव परिवारका बालिकाहरुलाई प्रलोभनमा पारी उनीहरुको सेक्स भिडियो बनाउने आरोपितहरुलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरुलाई मंगलवार सार्वजनिक मुद्धा चलाएको थियो।
बालबालिकालाई यौनजन्य कार्यमा लगाउनेहरु बिरुद्ध समेत प्रहरी कडाईका साथ पेश नभएको भन्दै स्थानिय महिला अधिकारकर्मीहरुले जिल्ला प्रहरी प्रमुखको चर्को बिरोध गरेका थिए। हाम्रो कुराबाट






