थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४५ पुग्यो

जनपत्र
७ जेष्ठ २०७७, बुधबार १९:२८

काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्‍दा हुन् ।

उनीहरु वैशाख ५  र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरु २९ देखि ३३ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई भुल्के पठाइएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

योसँगै नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*