हेटौंडाका १९ वटै वडामा ड्रोन सर्वेक्षण सुरु

जनपत्र
७ जेष्ठ २०७७, बुधबार १५:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा ड्रोन सर्वेक्षण गर्न आजबाट सुरु गरिएको छ । ड्रोन सर्वेक्षणको उपमहानगरपालिकाका मेयर हरिबहादुर महले उद्घाटन् गर्नुभयो । उहाले उपमहानगरपालिका कार्यालयको छतबाट ड्रोन उढाएर सर्वेक्षण सुरु गर्नुभएको हो । पहिलो चरणमा ७ वटा वडामा ड्रोन सर्वेक्षण गर्ने र दोस्रो चरणमा बाँकी वडामा ड्रोन सर्वेक्षण गर्ने तयारी गरिएको छ ।

यो ड्रोन सर्वेक्षणले उपमहानगरपालिकालाई आगामी वर्षको योजना निर्माणका लागि सहयोग पुग्ने मेयर महतले वताउनुभयो । नेपाल इन्जिरियरिङ्ग एसोसिएसन बागमती प्रदेशको सहयोगमा ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन गर्ने कार्य सुरु भएको हो । उपमहानगरपालिकाको सबै वस्तुचित्र आउने गरी अबको दुई साता हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा ड्रोन उड्नेछ।

यो लकडाउनको समयमा सफा र सुन्दर तस्बिर आउने भएकाले पनि समयलाई सदुपयोग गर्न लागिएको इन्जिनियर एसोसिएसन बागमती प्रदेशका सदस्य सुरज गौतमले जानकारी दिनुभयो । तीन जना इन्जिनियरले दैनिक ड्रोनबाट सात वटा उडान गर्ने उहाँले वताउनुभयो । हेटौंडाको जग्गा जमिन कतै मिचिएको, बाढी, पहिरोको जोखिम परेको वा कुनैपनि स्थानमा परेका समस्या तत्काल समाधान गर्नका लागि यसले सहयोग पुर्याउने मेयर महतले वताउनुभयो ।

इन्जिरियरिङ्ग एसोसिएसन, ड्रोन नेपाल लगायतका सस्थाको सहयोगमा कुनै लगानीबिना नै ड्रोनबाट डिजिटल नक्सा तयार पार्न लागिएको हो। ड्रोनले जिपीएस लोकेशन लिनुका साथै उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण घर, स्कूल, सडक, जङ्गल, भिरपाखो, जमिन, जग्गा प्लटिङदेखि सबै भौतिक संरचना क्यामराले खिचेर नक्सा तयार पार्नेछ ।

उच्च रिजोलुसनको नक्सा प्राप्ती र उच्च रिजोलुसनको डाटाको आधारमा विस्तृत शहरी बिकास योजना तथा बिपद ब्यवस्थापनमा सहयोग पुर्‍याउनु ड्रोन सर्वेक्षणको मुख्य लक्ष्य रहेको नेपाल इन्जिरियरिङ्ग एसोसिएसन बागमती प्रदेशका सदस्य सुरज गौतमले बताउनुभयो । नक्सा तयार भएपछि उपमहानगरपालिकाले आगामी दिनमा सहजरूपमा योजना बनाउन सक्ने, विपद् व्यवस्थापनमा अग्रिम तयारी गर्न मद्दत एवं सहज हुने बिस्वास लीईएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*