विश्व कोरोना अपडेटः ३ लाख २४ हजार बढीको मृत्यु, संक्रमितको संख्या ५० लाख नाजिक

विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख २४ हजारभन्दा बढी र संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ ।
वल्डो मिटरको बुधबार बिहान ७ः३० बजेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ भने विश्वभर संक्रमितको संख्या ४९ लाख ८५ हजार ८ सय २५ पुगेको छ । निको हुनेको संख्या १९ लाख ५८ हजार ४ सय ४१ रहेको छ ।