हेटौंडामा स्वाब संकलन गरिएका ४७ जनाको दुइ स्थानमा गरिएको परिक्षण रिपोर्ट नेगेटिभ
हेटौंडा । हेटौंडामा स्वाब संकलन गरिएका ४७ जनाको दुइ स्थानमा गरिएको परिक्षण रिपोर्ट नेगेटिभ प्राप्त भएको छ । मकवानपुर सहित तराइका जिल्ला, भारतबाट आएका र मकवानपुरको थाहा नगरपालिकाबाट आइसोलेसनमा आएका ४७ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
तीन दिन देखि हेटौंडाको कर्रामा रहेको आइसोलनसमा राखेर स्वाब संकलन गरिएका ४७ जनाको हेटौंडाको ल्यावमा परिक्षण गरिएपछी पुन परिक्षका लागि भरतपुर पठाइएको थियो । हेटौंडामै पटक पटक परिक्षण गर्दा पनि अस्पष्ट रिपोर्ट आएकाले पुन परिक्षणका लागि भरतपुर पठाइएको थियो ।
कहिले लाइन गइरहने त कहिले रिपोट स्पट नदेखिएकाले पुन परिक्षणका लागि भरतपुर लगिएको र सवैको रिपोर्ट नेगेटिभ आएको आइसोलेसन इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
४७ जनाकै स्वाब पुन परीक्षणका लागि आज विहान चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको थियो । परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको छ ।






