रेमिट्यान्स आप्रवाहमा चार प्रतिशतले कमी

जनपत्र
६ जेष्ठ २०७७, मंगलवार ०७:२५

अघिल्लो वर्ष २०।९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु. ६२६ अर्ब ९० करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४।७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको आर्थिक वर्ष २०७६र७७ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको सङ्ख्या १०.२ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३७।५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४।६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४।४ प्रतिशतले कमी आई रु. ७१३ अर्ब ११ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो । गोरखापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*