झापामा संक्रमितको संख्या ३ पुग्यो

जनपत्र
५ जेष्ठ २०७७, सोमबार १९:३४

काँकडभिट्टा — थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । एक उपचारपछि घर फर्किएका छन् । यसअघि दमक नगरपालिका र वाह्रदशी गाउँपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईले कचनकवल गाउँपालिका ६ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाए । चम्लागाईका अनुसार उनी चार दिनअघि भारतको मुम्बईबाट आएका थिए । उनमा केही दिनअघि आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*