गुल्मीमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३५७
काठमाडौं । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।
काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो । सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा ४६ पुरुष एक महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।
त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना युवामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
हालसम्म पर्सामा ९१, बाँकेमा ८१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ६, कैलाली, बारा र दाङमा ४र४, चितवन, महोत्तरी, सर्लाही र मोरङमा ३र३ तथा बागलुङ, झापा, भक्तपुर,बर्दिया र धादिङमा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, धनकुटा र गुल्मीमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।