३ जना नागरिक उद्धार गर्न जहाज चार्टर्ड !

जनपत्र
५ जेष्ठ २०७७, सोमबार १४:०१

काठमाण्डौ – नेपालमा रहेको मङ्गोलियन दूतावासले आफ्ना तीन जना नागरिकको उद्धार गर्न जहाज चार्टर्ड गरेको छ ।

दूतावासले तीन जना नागरिकलाई भारतको नयाँ दिल्ली लैजान बुद्ध एअरको जहाज चार्टर्ड गरेको हो । जहाज मध्याह्न नयाँ दिल्लीको लागि उडेको छ ।

नयाँ दिल्लीबाट तीन जना मङ्गोलियन नागरिक अर्को उडानमार्फत स्वदेश फर्किनेछन् । कोभिड-१९ विरुद्धको सुरक्षा निर्देशिकामा रहेका सम्पूर्ण प्रावधान पालना गरेर उडान भरिएको बुद्ध एअरले जनाएको छ ।

नेपालमा पनि काेराेना भाइरसकाे सङ्क्रमण फैलिने क्रम तीव्र भएसँगै विभिन्न देशले आफ्नाे नागरिक लैजाउन जहाज चार्टर्ड गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*