बागमती प्रदेशमा १२ हजार जनाको र्यापिड टेष्ट, ६३ जना पोजेटिभ
हेटौंडा । बागमती प्रदेशका जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको झण्डै १२ हजार जानमा परीक्षण गरिएको छ ।
बागमती प्रदेशका १३ वटै जिल्लामा गरेर ११ हजार ९ सय २३ जनामा आरडीटी टेष्ट गरिएको हो । प्रदेशका १३ वटै जिल्लामा र्यापिड टेष्ट गर्दा ६३ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।
र्यापिड टेष्टको कामलाई अरु प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि तिव्रता दिइएको छ । मकवानपुरका दश वटै स्थानीय तहमा गरेर ७ सय ७७ जनाको र्यापिड टेष्ट गरिएको छ । उनीहरु मध्य पाँच जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्धालयलय जनाएको छ । अरु ७ सय ७२ जनाको आरडीटी रिपोर्ट नेगेटीभ आएको छ ।
र्यापिड टेष्ट हेटौंडामा सवैभन्दा धेरै र गाउँपालिका स्तरमा पनि गरिदै आएको छ । विशेषगरी कोरोनाको संका लागेकाहरुमा र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरेर र्यापिड टेष्ट गरिएको हो ।
र्यापिड टेष्ट काठमाण्डौमा ४ हजार २ सय ३३ जना, भक्तपुरमा ९ सय २० जना, ललितपुरमा १ हजार १ सय २ जना, रसुवामा १ सय १५ जना, नुवाकोटमा ५ सय ५५ जना, धादिङमा ७ सय ३९ जना, चितवनमा ९ सय ८७ जना, सिंधुलीमा ५ सय ७३ जना, रामेछापमा २ सय २४ जना, दोलखामा ४ सय १३ जना, काभ्रेमा ७ सय ४ जना, सिन्धुपाल्चोकमा ६ सय ८१ जनामा र्यापिड टेष्ट गरिएको हो ।






