बागमती प्रदेशमा हाल सम्म १७ जनामा कोरोना संक्रमण, एक महिलाको मृत्यु

हेटौंडा । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण बागमती प्रदेशमा मात्र हाल सम्म १७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित मध्यमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
देशैभरी कोरोना संक्रमित २ सय ९५ जना मध्यमा बागमती प्रदेशमा १७ जना कोरोना संक्रमित रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।
कोरोना संक्रमणकै कारण बागमती प्रदेशको सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सवैभन्दा वढी पर्षा जिल्लामा प्रभावित भएका छन् । भारतिय बोडर नजिक भएकाले पनि पर्षामा कोरोना संक्रमित धेरै जना देखापरेका हुन् ।