बाजुरामा दुई बालकमा कालाजार भेटियाे

जनपत्र
५ जेष्ठ २०७७, सोमबार ०७:३०

बूढीनन्दा नगरपालिका–३ जैलु र जगन्नथा गाउँपालिका–२ आसबाडाका एक एक जनामा कालाजार देखिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैसीले जानकारी दिनुभयो । उपचारका लागि कोल्टी ल्याइएका साढे ५ वर्ष र २० महिनाका बालकमा प्रयोगशाला परीक्षणबाट कालाजार भेटिएको बूढीनन्दा नगरपालिका स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताउनुभयो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नहुने भएकाले बिरामीलाई धनगढी, नेपालगञ्ज या सुर्खेत लैजानुपर्ने बाध्यता छ । कालाजार रोग तराईमा मात्र देखिने रोग भए पनि पछिल्लो समय पहाडतिर पनि देखापर्ने थालेको छ ।

यो रोग भुसुनाको टोकाइबाट हुने र भुसुनाको टोकाइबाट सर्ने डाक्टर जैसीले बताउनुभयो । ज्वरो आउने, तौल घट्ने, कलेजो र फियोमा असर पार्ने तथा अन्य सङ्क्रमण फैलिएर ज्यानै जान सक्ने पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*