विराटनगरका २ र धनकुटाका १ जनामा काेराेना सङ्क्रमण पुष्टि

जनपत्र
४ जेष्ठ २०७७, आईतवार १९:३२

माेरङ – नेपालमा थप तीन जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ ।

विराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी अस्पताल विराटनगरमा आइतबार गरिएको पीसीआर परीक्षणमा विराटनगरको मिल्स एरियाका दुई जना र धनकुटाका एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

याेसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई सय ९४ भएकाे छ । ३६ जना उपचारपछि निकाे भएका छन् भने दुई जनाकाे ज्यान गएकाे छ ।

आइतबार थपिएका तीनजनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ । ती मध्ये उपचारपछि निको भएर १७ जनालाई डिस्चार्ज गरिएको छ । अरु कोभिड–१९ उपचार केन्द्रमा राखिएका छन् । डिस्चार्ज गरिएकालाई रानीस्थित क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश १ मा संक्रमितमध्ये उदयपुरका ३३, झापाका दुई, मोरङका दुई, भोजपुरका एक र धनकुटाका एकजना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*