हेटौंडाको आइसोलेसनमा २ सय जनाले लिए सेवा, २०३ जनाको पीसीआर जाँच

जनपत्र
४ जेष्ठ २०७७, आईतवार ०८:३४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको आइसोलेसनमा हाल सम्म २ सय जनालाई राखिएको छ । कोरोना भाइरस (कोभिड १९) को संका लागेका विरामीलाई पीसीआर चेक गर्नका लागि कर्राको आइसोलेसनमा राखिएको हो ।

कोरोनाको संका लागेका बिरामीलाई स्वाव संकलन गरेर रिपोर्ट प्राप्त नहुन्जेल सम्म आइसोलेसनमा राख्ने गरिएको छ । चैत २७ गते देखि आज सम्म दुइसय जनालाई राखेर सेवा दिइएको आइसोलेनका इन्चार्ज तथा हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

हाल सम्म आइसोलेसनबाट स्वाव संकलन गरेर हेटौंडाको ल्यावमा भने २ सय ३ जनाको पठाइएको चौलागाईले वताउनुभयो । हेटौंडाको आइसोलेसनमा सेवा लिएर स्वास संकलन गरेर प्राप्त रिपोर्टमा कसैलाई पनि कोरोना भाइरस संक्रमण पुष्टी भएको छैन । हेटौंडाको आइसोलेजनमा मकवानपुरको थाहा नगरपालिकाबाट पछील्लो समयमा धेरै जना आएका छन् । त्यसैगरी बारा, पर्षा, रौतहट जिल्लाबाट सेवा लिन आउनेहरु धेरै रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*