मकवानपुरको पालुङबाट पैदलै गएका थिए सतुंगलका ७ वर्षीय संक्रमित बालक

जनपत्र
३ जेष्ठ २०७७, शनिबार १६:१७

काठमाडौं।  शुक्रबार कोरोना पुष्टि भएका सतुंगल बस्ने सात वर्षीय बालकको स्थायी घर मकवानपुरको थाहा नगरपालिका-२ पालुङ रहेको  खुलेको छ। बालक आमा र बुबासँग सतुंगलमा भाडामा घरमा बस्दै आएका छन्। चन्द्रागिरि नगरपालिका–१० सतुंगल बस्ने बालकलाई शुक्रबार कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे थियो। चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरि भक्त महर्जनका अनुसार संक्रमित बालक पैदल हिँडेर वैशाख २९ गते  काठमाडौं आइपुगेका थिए।

उनीसँगै पालुङबाट पैदल आउँने यात्रु एक दर्जन भन्दा बढी थिए र सबैकाे कन्ट्याक ट्रसिङ भएकाे महर्जनले बताउनुभयाे।

संक्रमित  बालकको बुबा खानेपानी ट्याक्टर चालक हुन्। पालुङ्बाट आएको थाहा पाएपछि छिमेकीले वडामा खबर गरेपछि उनीहरुको कोरोना (स्वाब) परीक्षण गरिएको थियो। बालककलाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेशनमा राखिएकाे छ। बालकको परिवार बस्ने घरमा घरधनीसहित ३३ जना बस्छन्। सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी परिचालन गरी उक्त घर  सिल गरिएको प्रवक्ता महर्जनले बताउनुभयाे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*