दाङ तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

जनपत्र
३ जेष्ठ २०७७, शनिबार ०७:०९

बुटवल । दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ९टिचिङ अस्पताल०मा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जानकारी दिए ।

उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

तुलसीपुरका व्यक्ति काठमाडौंमै रहेकाले उनलाई काठमाडौंमै गणना गर्नुपर्ने मेयर पाण्डेले बताए । उनको काठमाडौंमै भएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पुष्टि भएको थियो ।

अन्य दुईजना संक्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका  हुन् । उनीहरु भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । तीन दिनअघि उनीहरु कृष्णनगरबाट गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्सबाट गढवा पुगेर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

अनलाईन खवरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*